२०८३ बैशाख १९ गते , शनिबार

रिटर्नी सेन्टर नेपाल झापाको प्रथम भेला सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८० भाद्र ३१ गते , आईतबार
रिटर्नी सेन्टर नेपाल झापाको प्रथम भेला सम्पन्न

बिर्तामोड । रिटर्नी सेन्टर नेपाल (आरसीएन)को प्रथम ऐतिहासिक झापा जिल्ला भेला सम्पन्न भएको छ । शनिबार गाैरीशंकर स्मृति प्रतिष्ठानको भवन बिर्तामोडमा भेला सम्पन्न भएको हो ।
रिटर्नी सेन्टर नेपाल झापाको संयोजक सुबासचन्द्र मैनालीको अध्यक्षतामा सम्पन्न भेलाले २५ सदस्यीय जिल्ला भेला आयोजक समिति निर्माण गरेको छ । समितिको सह-संयोजक मेनुका काफ्ले घिमिरे, शंकरप्रसाद सेढाई, सचिव समुन्द्रा लामा, कोषाध्यक्ष डम्बर बोहोरा चयन भएका छन ।
समितिका सदस्यहरुमा समीर लिम्बू, वसि आलम खान, नगेन्द्र खाती, राजन सुर्य मगर, कमल अधिकारी, शेखर काजी थापा, बिक्रम खालिङ राई, सन्तोश शेर्मा (अमर), प्रबिन बानियाँ रहेका छन ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिकुमार रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा रिटर्नी सेन्टर नेपालका केन्द्रीय सह-संयोजक डोरबहादुर कार्की,  पार्टीका जिल्ला सह-इन्चार्ज सिपि कडरिया, रोसन कन्दङ्वा, पार्टीका जिल्ला संयोजक राजु आचार्य (अग्नि), पार्टीका प्रदेश सदस्य सन्तोश गाैतम, श्यामबिर लिम्बू, रिटर्नी सेन्टर नेपालका केन्द्रीय महासचिव भिम लकान्द्री, वाइसीएल नेपाल १ नं प्रदेश संयोजक कुमार आचार्य, १ न. प्रदेश संयोजक बिशाल भण्डारी, अर्जुन पाण्डे, पार्टीका  नगर अध्यक्ष मोहन सुब्बा, राजन चिमरिया, आरसीएन प्रदेश सह-संयोजक गणेश कालिकोटे, अनेम संघ क्रान्तिकारी बिर्तामोड अध्यक्ष रिता मिश्रलगायतको उपस्थिती रहेको थियो । सचिव समुन्द्रा लामाले संचालन गरेको कार्यक्रममा सहभागीहरुलाई रिटर्नी सेन्टर नेपालका प्रदेश सदस्य जगन्नाथ भट्टराईले स्वागत गरेका थिए ।

सम्बन्धित समाचार