२०८३ बैशाख १९ गते , शनिबार

आज मोतीराम भट्टको १५८औँ जन्मजयन्ती

sajilo news
परिवेश मिडिया
२०८० भाद्र २८ गते , विहीबार
आज मोतीराम भट्टको १५८औँ जन्मजयन्ती

काठमाण्डौ । नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको १५८औँ जन्मजयन्ती आज नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान र्पुयाएका थिए ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवा कवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए ।

यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो । दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ ।

सम्बन्धित समाचार