२०८३ बैशाख १९ गते , शनिबार
सवारी दुर्घटनामा परी कनकाईका देवराज सुवेदीको मृत्यु
बिर्तामोड । झापाको कनकाईमा सोमबार साँझ भएको सवारी दुर्घटनामा परी कनकाई ४ का देवराज सुवेदीको मृत्यु भएको छ ।
सोमबार बेलुका ७ बजेर २० मिनेटमा कनकाई ८ स्थित पूर्वपश्चिम लोकमार्गको सितल चोकमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ग १ च ३२४८ नम्बरको बुलेरो र विपरित दिशाबाट जाँदै गरेको प्र १–०१–०१३ प १४१७ को मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक ५४ बर्षीय सुवेदीको मृत्यु भएको हो ।
दुर्घटनाबाट गम्भीर घाइते भएका सुवेदीलाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनमा संलग्न मोटरसाइकल, बुलेरो र चालक हिलिहाङ–७ बस्ने ३७ बर्षीय होमप्रकाश सेन्चुरीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।