२०८३ बैशाख १९ गते , शनिबार

निजामती दिवसमा पत्रकार भण्डारीसहित १८ जना सम्मानित

sajilo news
परिवेश मिडिया
२०८० भाद्र १९ गते , मंगलबार
निजामती दिवसमा पत्रकार भण्डारीसहित १८ जना सम्मानित

बिर्तामोड । नेपाल निजामती कर्मचारी युनियन झापाको ३३औँ स्थापना दिवस सम्पन्न भएको छ । स्थापना दिवसको अवसरमा युनियनले पत्रकार सुरेन्द्र भण्डारीसहित १८ जनालाई सम्मान गरेको हो । 

चन्द्रगढीमा आयोजित कार्यक्रममा निजामती कर्मचारीका हक अधिकारलाई निजामती  ऐनमा समेटिनु पर्ने सहभागीवक्ताले जोड दिएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले कर्मचारीहरुको आचरणमा सुधार ल्याउनु पर्नेमा जोड दिए । उनले राष्ट्र सेवक कर्मचारीलाई राज्यले समान दृष्टिले नहेरेको बताउँदै अब बन्न लागेको निजामती कर्मचारी ऐनमा सबै कर्मचारीका हक अधिकार सुनिश्चिता गरिने बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने, मेची प्रादेशिक अस्पताल भद्रपुरका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा.जयकुमार ठाकुर, देवीप्रसाद सुवेदीलगायतले मन्तव्य राखेका थिए ।

नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष कविन्द्र विक्रम नेम्वाङको सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव चन्द्रकुमार पौडेलले सञ्चालन गरेका थिए ।

पत्रकार भण्डारीसहित १८ जना सम्मानित

स्थापना दिवसमा पूर्वञ्चल दैनिकका सह सम्पादक तथा नेपाल पत्रकार महासंघका कोशी प्रदेश सदस्यसुरेन्द्र भण्डारीसहित १८ जना सम्मानित भएका छन् । लामो समय पत्रकारितामा क्रियाशील रहेका भण्डारीले पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा विशिष्ट योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको थियो ।

त्यस्तै  मेची अभियानका संयोजक विजय डालमियाले सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याएको भन्दै उनलाई समेत सम्मान गरिएको थियो । त्यस्तै नेपाल निजामती कर्मचारी युनियन झापाका पूर्व अध्यक्षहरु देवी घिमिरे, दिननाथ लम्सालसहित १६ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा उत्कृष्ठ कर्मचारी दुई जना रहेका छन् । जसमा बिर्तामोड नगरपालिकाका कर्मचारी शोभादेवि दाहाल, वन रक्षक शिरीमणि गुरुङ रहेका छन् ।

त्यस्तै अवकास प्राप्त कर्मचारीहरु मेचीप्रादेशिक अस्पतालका मेसु जयकुमार ठाकुर, दमक नगरपालिकाका शाखा अधिकृत जीवराज भट्टराई, मेचीनगरका कमल प्रसाद कोइराला, सिपविकास तथा तालिम केन्द्रका रमेश कोइराला, मेचीनगरपालिकाका इन्द्रबहादुर थापा, सडक डिभिजन कार्यालय दमकका अम्विकादेवी अधिकारी, जिल्ला हुलाक कार्यालयका विष्णु प्रसाद अधिकारी, सुचित राजवंशी, मदन राजवंशी, यातायात कार्यालयका सुभासकुमार क्षेत्री, मेची भन्सार कार्यालयका महेश कुमार न्यौपाने, डिभिजन वन कार्यालयका युवराज दाहाल र  अनमी मुनादेवी सापकोटा लाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार