२०८३ बैशाख १९ गते , शनिबार

१२औँ स्थापना दिवसमा नारी सञ्चार गृहले साट्यो अनुभव

sajilo news
परिवेश मिडिया
२०८० भाद्र १९ गते , मंगलबार
१२औँ स्थापना दिवसमा नारी सञ्चार गृहले साट्यो अनुभव

बिर्तामोड । झापाली  महिला सञ्चारकर्मीहरुको साझा संस्था नारी सञ्चार गृहले १२ औँ स्थापना दिवस मनाएको छ । आज बिर्तामोडस्थित कार्यालयमा संस्थाले सदस्यहरुको अनुभव साटेर स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा संस्थापक अध्यक्ष सावित्रा दाहाल तथा संस्थापक सदस्यहरु भवानी क्षेत्री, कोपिला खड्का, इन्दू पूर्वेलीलगायतले संस्था स्थापना गर्दा भोग्नुपरेका दुःख तथा चुनौतीहरु सुनाएका थिए ।

झापाली  महिला पत्रकारहरुको वृत्तिविकास तथा क्षमता अभिबृद्धिका लागि संस्थाले स्थापना गरेको अक्षयकोषको लक्ष्य पूरा गर्न सबै सदस्यहरु एकजुट हुनुपर्ने उनीहरुको धारणा थियो । कोषमा हाल ३५ लाख रुपैयाँ जम्मा रहेको छ भने ५० लाख रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ ।

संस्थाका अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक विनिशा शर्माले स्वागत र सञ्चालन सचिव मायामितु न्यौपानेले गरेकी थिइन् । कार्यक्रममा संस्थाका संस्थापकहरुको नाम संस्थापक अध्यक्ष दाहालले वाचन गरेर उद्घाटन गरिएको थियो ।

सम्बन्धित समाचार