२०८३ बैशाख १९ गते , शनिबार

गाँजा खेती खुलाउन छलफल गरेर सरकारलाई निर्देशन दिनुपर्छ : आरजु राणा

sajilo news
परिवेश मिडिया
२०८० भाद्र १७ गते , आईतबार
गाँजा खेती खुलाउन छलफल गरेर सरकारलाई निर्देशन दिनुपर्छ : आरजु राणा

काठमाण्डौ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणा देउवाले गाँजा खेती खुला गर्नका सरोकारवाला निकायसँग छलफल गरेर सरकारलाई निर्देशन दिनुपर्ने बताएकी छिन् ।

आइतबार सिंहदरबारमा भएको समितिको आगामी कार्ययोजनाका बारेमा भएको छलफलका क्रममा उनले यस आर्थिक वर्षका लागि औषधी लगायतको प्रयोजनका लागि गाँजा खेती गर्न बजेट समेत व्यवस्था भएको बताउँदै यसबारे आगामी दिनमा समितिमा छलफल गर्ने बताइन् । 

आफूले भूमिसम्बन्धी बिज्ञसँग छलफल गर्दा नेपालमा १ लाख हेक्टर कृषियोग्य जमिन खाली रहेको थाहा पाएको बताउँदै सो जमिनको सदुपयोग गरेर किसानको जिवनस्तर सुधार गर्न सकिने बताइन् । सभापति राणाले गाँजा खेती गर्नका लागि अर्थ मन्त्रालयले बजेट छुट्याउने तर गृह मन्त्रालयका ब्यक्तिले गाँजा खेती खुला गर्नुहुँदैन भन्ने गरेको बताउँदै यसबारेमा छलफल गरेर सरकारलाई निर्देशन दिनुपर्ने बताइन् ।

नेपालको पश्चिम र सुदूरपश्चिम पहाडका कृषिमा आवद्ध जनताहरू गरिब रहेको बताउँदै उनीह?को बारेमा सोच्नुपर्ने बताइन् । उनले नेपालको कार्वन व्यापारबारे आफूलाई चासो रहेको बताउँदै यसबारे वन मन्त्रालयबाट जानकारी लिने उल्लेख गरिन् ।

सम्बन्धित समाचार