२०८३ बैशाख १९ गते , शनिबार

धरान हिडेका प्रदर्शनकारी बिचैमा रोकिए, मेयर साम्पाङ्बिरुद्ध नाराबाजी

sajilo news
परिवेश मिडिया
२०८० भाद्र ९ गते , शनिबार
धरान हिडेका प्रदर्शनकारी बिचैमा रोकिए, मेयर साम्पाङ्बिरुद्ध नाराबाजी

बिर्तामोड । धरानमा गोरुको मासु खाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि हिन्दु धर्मावलम्बीले विरोध जनाएका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा लगाएपछि धरानमा बृहत् प्रदर्शन गर्ने तयारीमा रहेका हिन्दु धर्मावलम्बी बिचैमा रोकिएका छन् ।

सुनसरी प्रशासनले इटहरीमा प्रदर्शनकारीलाई रोकेको थियो भने झापाको चारपानेमा प्रदर्शनकारी रोकिएका थिए ।

हिन्दु धर्मावलम्बीले धरानका मेयर हर्क साम्पाङविरुद्ध इटहरीमा नाराबाजी गरेका छन् । क्रिस्चियन धर्मको प्रचारमा लागेको भन्दै मेयर साम्पाङविरुद्ध मुर्दावादको नारा लगाएका हुन् ।

विभिन्न जिल्लाबाट गएका हिन्दु धर्मावलम्बीलाई प्रशासनले धरान जान रोक लगाएको छ । धरानमा प्रदर्शन गर्न नपाएका उनीहरूले राष्ट्रिय जनावरको रक्षा गर्नुपर्ने भन्दै गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध पनि प्रदर्शन गरेका छन् । धरानका मेयरको कारण धार्मिक सहिष्णुता भड्किएको धर्म गुरुहरूको आरोप छ ।

धरान जान नपाएपछि उनीहरुले चारपानेमा नै प्रदर्शन गरेका छन् । धरान जान लागेका दुईवटा गाडीलाई केहीबेर चारपानेमा होल्ड गराएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए । उनले केहीबेर होल्ड गरेर गाडी छोडिदिएको जानकारी दिए ।

सम्बन्धित समाचार