२०८३ बैशाख १९ गते , शनिबार

शनिबार १२ बजेसम्म सामाजिक, धार्मिक भेला नगर्न धरानमा निषेधादेश

sajilo news
परिवेश मिडिया
२०८० भाद्र ८ गते , शुक्रबार
शनिबार १२ बजेसम्म सामाजिक, धार्मिक भेला नगर्न धरानमा निषेधादेश

बिर्तामोड । सुनसरी जिल्ला अधिकारी हुमकला पाण्डेले धरानको प्रमुख प्रवेश नाकाहरू तोकेर त्यस भित्रका वडा क्षेत्रमा आज शुक्रवार राती १२ बजेदेखि भोली शनिवार १२ बजे रातीसम्म सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक, सभा, रयाली, भेला प्रदर्शन लगायतका कार्यक्रम गर्न नपाउने गरी निषेधादेश जारी गरेका छन् ।

आदेश विपरीत भए गरेको पाइएमा वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने व्यहोरा सुनसरी जिल्ला प्रशासनद्वारा आज शुक्रवार प्रकाशित सूचनामा जनाइएको छ ।

निषेधादेशमा तोकिएका नाकाहरूले बाहिरबाट धरान प्रवेशमा पनि उक्त अवधिमा कडाइ गरिने देखिन्छ  ।

तोकिएका नाकाहरूमा :

१. धरान प्रवेश गर्ने पश्चिम बाटो वराहक्षेत्र१ मा पर्ने झन्डा चौक देखी धरान तर्फको क्षेत्र ।

२. धरान प्रवेश गर्ने पश्चिम दक्षिण नाका रामधुनी६ बाट वराहक्षेत्र३ नडाहा चौकबाट धरान क्षेत्र ।

३. इटहरी२०, तरहरा पानी पिया देखी उक्त धरान तर्फको क्षेत्र ।

४. धरान वडा ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरान प्रवेश गर्ने क्षेत्र ।

५. धनकुटा जिल्ला साँगुरीगढी गापा६ भेडेटारबाट धरान तर्फको क्षेत्र निषेधित घोषित गरिएको छ ।

डेङ्गु महामारी नियन्त्रण नआउने आक्रान्त धरानलाई जनस्वास्थ्य आपतकालीन अवस्थाघोषणा गर्न जिल्ला विपद् व्यवस्थापन समितिले सिफारिस गरेको अवस्थामा धरानको धार्मिक, साम्प्रदायिक साथै जनस्वास्थ्य सङ्कट एवं शान्ति, सुरक्षाको सम्वेदनशीलतालाई निषेधादेश जारी गरिएको सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार