२०८३ बैशाख १९ गते , शनिबार

फेरिए झापाको ट्राफिक प्रमुख, सिआइबीबाट न्यौपाने आए

sajilo news
परिवेश मिडिया
२०८० भाद्र ७ गते , विहीबार
फेरिए झापाको ट्राफिक प्रमुख, सिआइबीबाट न्यौपाने आए

बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्रमुख फेरिएका छन् । केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)बाट नवराज न्यौपाने सरुवा भएर झापाको ट्राफिक प्रमुखको रुपमा आएका छन् । 

प्रहरी प्रधान कार्यालयले देशका ९ सय ५८ जना प्रहरी निरीक्षक (ईन्सपेक्टर)को सरुवा गरेसँगै झापा ट्राफिकको पनि नेतृत्व फेरिएको हो । झापा ट्राफिक प्रमुखको रुपमा कार्यरत प्रविन जोशी ज्ञवाली झापा आएको ७ महिनामै सिन्धुपाल्चोकको नवलपुर ईलाका प्रहरी कार्यालयमा सरुवा भएका छन् ।

न्यौपाने बुधबार कार्यालयमा हाजिर भएपछि जिल्ला ट्राफिक कार्यालयमा फेरि भेटौंला कार्यक्रमको आयोजना गरि ज्ञवालीलाई विदाई गरिएको छ । ज्ञवालीलाई ट्राफिक प्रमुख न्यौपानेले मायाको चिनो प्रदान गरेर विदाई गरे ।

विदाई कार्यक्रममा बोल्दै ट्राफिक प्रमुख न्यौपानेले झापाको ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन सँधै दत्त चित्त भएर लाग्न मातहतका प्रहरीलाई निर्देशन दिए ।

सम्बन्धित समाचार