२०८३ बैशाख १९ गते , शनिबार

श्रीमती बचाउन खोज्दा करेन्ट लागेर श्रीमानको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० भाद्र ७ गते , विहीबार
श्रीमती बचाउन खोज्दा करेन्ट लागेर श्रीमानको मृत्यु

बिर्तामोड । कुटी काट्ने मेसिनबाट अचानक श्रीमतीलाई करेन्ट लागेपछि बचाउन खोज्दा श्रीमानको मृत्यु भएको छ । अर्जुनधारा ९ बस्ने २२ बर्षीया ममता रेग्मीलाई बचाउने क्रममा  श्रीमान २४ बर्षीय अमृत रेग्मीको मृत्यु भएको हो ।

बुधबार दिउँसो साढे २ बजे कुटी काट्ने क्रममा ममतालाई करेन्ट लागेको थियो । श्रीमतीलाई करेन्ट लागेको देखेपछि बचाउन खोज्दा अमृत गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि शंकर अस्पताल ल्याउने क्रममा अमृतको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ममताको अवस्था मध्यम रहेको र बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । कानुनी प्रक्रिया पुरा गरी अमृतको शव पोष्टमार्टमका लागि मेची प्रादेशिक कार्यालय भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

इलाम नगरपालिका २ स्थायी घर भएका रेग्मी परिवार केहि समयदेखि अस्थायी रुपमा अर्जुनधारा २ कटहरडाँडामा बसोबास गर्दै आएका थिए ।

सम्बन्धित समाचार