२०८३ बैशाख १९ गते , शनिबार

फेसबुकमा अलबिदा लेखेका वडाध्यक्ष मृत फेला

sajilo news
परिवेश मिडिया
२०८० भाद्र २ गते , शनिबार
फेसबुकमा अलबिदा लेखेका वडाध्यक्ष मृत फेला

काठमाण्डौ । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मोहन घिमिरे मृत फेला परेका छन् । उनी कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
बिहान फेसबुक स्ट्याटस लेखेर ‘अलबिदा’ भनेका घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको बताएको छ । घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका सभापति समेत हुन्।

सम्बन्धित समाचार