२०८३ बैशाख १९ गते , शनिबार

नेविसंघ कनकाइमा नयाँ नेतृत्व चयन

sajilo news
परिवेश मिडिया
२०८० श्रावण १४ गते , आईतबार
नेविसंघ कनकाइमा नयाँ नेतृत्व चयन

सुरुङ्गा । नेपाल विद्यार्थी संघ कनकाई नगर समितिले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार भएको कार्यक्रमबाट दिवस कार्कीको सभापतित्वमा नयाँ पदाधिकारी टिम सर्वसम्मत चयन भएको हो ।

उपसभातिमा आयुष काफ्ले र युवराज खरेल, सचिवमा मनोज तिम्सिना चयन भएका छन् ।

कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष निवर्तमान सभापति सागर ढकालले सिङ्गो देशलाईनै पुस्तान्तरणको आवश्यकता रहिरहदाँ भुइ स्तरबाटै नविन नेतृत्वले अवसर पाए देश , समाज र बिधार्थी हकहितको लागि अझ सक्रिय भूमिका देखिनेछ भन्नेमा जोड दिए ।

नेपाली कांग्रेस कनकाईका सभापति दुर्गा प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सचिव रेणु कडेल, नेविसंघ झापा सभापति सञ्जय निरौला, सचिव एलेक्स मैनाली, नेविसंघ कनकाई क्याम्पस इकाई सभापति कुवेरनाथ दाहाल, नेविसंघ झापाका निवर्तमान सभापति राजेन्द्र उप्रेती, पूर्व सहसचिव अशोक पाठक लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम सञ्चालक तथा नेविसंघ कनकाई बहुमुखी क्याम्पस पूर्व इकाइ सभापति उदित दाहालले सम्पूर्ण नवनिर्वाचित समितिलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

सम्बन्धित समाचार