२०८० जेष्ठ १६ गते , मंगलबार

प्रतिपक्षी दलका नेता ओलीले आज संसदलाई सम्बोधन गर्ने

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ ७ गते , आईतबार
प्रतिपक्षी दलका नेता ओलीले आज संसदलाई सम्बोधन गर्ने

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आइतबारको प्रतनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । सरकारको नीति कार्यक्रममाथि दलको धारणा राख्न लागेको ओलीको सचिवालयले जानकारी दिएको हो ।

उहाँले नीति कार्यक्रममाथि बोल्न लाग्नु भएको हो, ओलीका सञ्चार सहयोगी रामशरण बजगाईंले भने, ‘समसामयिक विषयमा पनि उहाँले पार्टीको धारणा राख्नुहुनेछ ।

नेकपा (एमाले)का अध्यक्ष समेत रहेका ओलीले जेठ ४ गते नै सम्बोधन गर्ने अग्रिम जानकारी गराएका थिए । गत वैशाख २८ गतेबाट सुरू भएको केन्द्रीय कमिटीको बैठकको सुरूमै बोल्दै उनले अहिले चलिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्ने बताएका थिए ।

यस प्रकरणबारे सदनमा तथ्यसहित प्रस्तुत हुने उनले बताएका थिए । तर, स्वास्थ्य अनुकूल नभएपछि त्यसदिन संसदमा उपस्थित हुन नसकेको उनले बताएका थिए ।

प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आज म संसद्को बैठकमा सहभागी हुन सकिनँ । नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरू संसद् समक्ष राख्ने मैले यसअघि बताएको थिएँ। स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसदमा बोल्ने नै छु, उनले सामाजिक सञ्जालमार्फत् भनेका थिए ।

सम्बन्धित समाचार