२०८० जेष्ठ १६ गते , मंगलबार

आज साँझसम्म हटिया खाली नगरे नगरपालिकाले बल प्रयोग गर्ने

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ ६ गते , शनिबार
आज साँझसम्म हटिया खाली नगरे नगरपालिकाले बल प्रयोग गर्ने

बिर्तामोड । बिर्तामोड नगरपालिकाले बुधबारे हटिया खाली गराउन अन्तिम सूचना जारी गरेको छ । पालिकाले शुक्रबार साँझ माइकिङ गरेर २४ घण्टाभित्र घर टहरा खाली गराउन जारकारी गराएको हो  

२४ घण्टाभित्र बजार क्षेत्रको घर टहरा खाली गर्न भन्दै शुक्रबार साँझ पालिकाले माइकिङ गरेको छ । आज साँझसम्म व्यापारीले घर टहरा खाली नगरे कानुन बमोजिम नगरपालिकाले बल प्रयोग गरेर अघि बढ्ने जनाएको छ । हटाउन लाग्ने खर्च समेत व्यापारीहरुबाटै असुली गर्ने बताइएको छ ।

बिर्तामोड नगरपालिकाले यस अघि कानुन बमोजिम पटक पटक सूचना प्रकाशन गरेर व्यवसायीहरुलाई ठाउँ खाली गर्न  सूचित गराइसकेको छ । व्यापारीले अटेरी गरेपछि नगरले कानुन बमोजिम अघि बढ्ने तयारी गरेको हो । पालिकाले जिल्ला प्रशासन, राजनीतिक दलका शीर्ष नेतृत्वसँग परामर्श गरेर घर टहरा खाली गराउन अन्तिम कसरत शुरु गरेको हो ।

बिर्तामोडका राजनीतिक दलहरुको सहमतिमा सर्वपक्षीय सहमति पछि नगर कार्यपालिकाले सो क्षेत्रमा बहुतले व्यवसायिक भवन बनाउने निर्णय गरेको थियो । केहि दलले व्यापारीको वैकल्पिक व्यवस्थापनको माग राखेका थिए । वैकल्पिक व्यवस्थापनका लागि सिटी सेन्टर उपयुक्त भएपनि व्यापारीले त्यहाँ जान मानेनन् । सो क्षेत्रमा करिब दुई सय व्यापारी रहेका छन् सो मध्ये ७० व्यापारीले व्यवसायको अनुमति लिएका छन् भने बाँकीले बिना अनुमति व्यापार गर्दै आएका छन् ।

सम्बन्धित समाचार