२०८० जेष्ठ १६ गते , मंगलबार
सरकारी कर्मचारीको संगठन नबनाउने राप्रपाको निर्णय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारी कर्मचारीको संगठन नबनाउने निर्णय गरेको छ ।
राप्रपाको केन्द्रीय समिति बैठकले विद्यार्थी संगठनलाई गैरराजनीतिक बनाउने निर्णय गरेको प्रवक्ता सगुर सुन्दर लावतीले जानकारी दिए ।
‘राप्रपाले सरकारी वेतनधारी कर्मचारीको संगठन नबनाउने निर्णय गरेको छ,’ उनले भने,‘विद्यार्थी संगठनलाई गैरराजनीतिक बनाउने निर्णय पनि भएको छ ।’ जेठ १ देखि ३ गतेसम्म राप्रपाको बैठक बसेको थियो ।