२०८० जेष्ठ १६ गते , मंगलबार
हिमालयन लाइफको नाममा एकीकृत कारोबार शुरु

बिर्तामोड । यूनियन लाइफ, गुराँस लाईफ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी एकआपसमा गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आजबाट एकीकृत कारोबार शुरु गरेको छ ।
तीनवटा जीवन बीमा कम्पनीहरु यूनियन, गुराँस र प्राइम लाइफले १:१:१ को अनुपातमा एक आपसमा गाभिएर कारोबार गर्न गरेको निर्णय बीमा प्राधिकरणले स्विकृती दिएसँगै मङ्गलबार देशभरका कार्यालयहरुबाट हिमालयन लाइफको नाममा कारोबार शुरु गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले जानकारी दिए ।
कम्पनीको कोशी प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय बिराटनगर र उपप्रादेशिक कार्यालय बिर्तामोड रहेको कम्पनीले जनाएको छ ।