२०७९ मंसीर २३ गते , शुक्रबार

मदिरा, मोबाइल र सवारी साधन आयात प्रतिबन्ध लम्बियो

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन २८ गते , शुक्रबार
मदिरा, मोबाइल र सवारी साधन आयात प्रतिबन्ध लम्बियो

काठमाण्डौ सरकारले गाडी, मोटरसाइकल, तयारी मदिरा स्मार्ट फोनहरूको आयात प्रतिबन्धलाई मंसिर २९ गतेसम्म लम्ब्याएको शुक्रबारको मन्त्रिपरिषद् बैठकले ती वस्तुको आयात प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए उद्योगी व्यवसायीहरुले प्रतिबन्ध खुलाउन दबाब दिएपनि सरकारले बन्देजलाई यथावत् राखेको हो

गाडी, महँगा मोटरसाइकल, तयारी मदिरा सय डलर भन्दा बढी मूल्यका स्मार्ट फोनको आयात प्रतिबन्ध मंसिर २९ गतेसम्म यथावत राख्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिफारिस गरेको थियो वैशाख दोस्रो सातादेखि नै कार, जिप भ्यान, १५० सीसीमाथिका मोटरसाइकल, मदिरा महँगा मोबाइल फोनको आयातमा प्रतिबन्ध लागेको

मुद्रा सञ्चिति घटेपछि सरकारले वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गरी मदिरा, तास, मोबाइल टिभी, मोटरसाइकल लगायतका १० वस्तुको आयात बन्देज गर्ने निर्णय गरेको थियो भदौ १४ गते राजपत्रमा सूचना प्रकाशित गरी प्रकारका वस्तुहरू (चुरोट तथा सुर्ति, हिरा, टीभी, खेलौना, तास, कुरकुरे र लेजजस्ता) को प्रतिबन्ध फुकुवा गरेको थियो गाडी, मोटरसाइकल, तयारी मदिरा, स्मार्ट फोनको आयात प्रतिबन्ध यथावत राख्ने निर्णय गरेको थियो

सम्बन्धित समाचार