२०८१ बैशाख १४ गते , शुक्रबार

बजाजको ‘एनएस १२५’ अब सुरुङ्गामा

sajilo news
परिवेश मिडिया
२०७९ भाद्र ३० गते , विहीबार
बजाजको ‘एनएस १२५’ अब सुरुङ्गामा

बिर्तामोड बजाज कम्पनीको नयाँ ब्राण्ड पल्सरएनएस १२५ झापाको सुरुङ्गामा सार्वजनिक गरिएको कम्पनीको आधिकारिक डिलर आरए ट्रेडर्स अटो प्रालिले पल्सर एनएस १२५ को बिहिबार एक कार्यक्रमका बिच सार्वजनिक गरेको हो

विहिबार आरएले आयोजना गरेको कार्यक्रममा कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल आरएका प्रबन्ध निर्देशक राजेन्द्रकुमार थापाले संयुक्त रुपमा बाइक सार्वजनिक गरेका हुन् चाडपर्वलाई लक्षित गरि बजाजले नयाँ मोडल बजारमा ल्याएको बताइएको

एनएस १२५ युवा सर्कलका लागि लक्षित गरि ल्याइएको स्पोर्टस बाइक भएको आरए अटो ट्रेडर्सका सेल्स अफिसर लावन्य ढकालले बताए उनका अनुसार बाइकको सकअपमा नाइट्रोजन ग्यासको प्रयोग गरिएकाले बढी लचक हुने गर्दछ बिएस सिक्स मापदण्ड रहेको यस बाइकमा १२ लिटरको ट्याङ्की, फ्रण्ट डिस्क ब्रेक १२ भोल्टको व्याट्री रहेको ढकालले बताए बाइकले ६० किलोमिटर माइलेज दिने उनको भनाई सस्तो मूल्यमा हेभी लुक्समा बाइक आएकाले ग्राहक माझ लोकप्रिय हुने विक्रेताको अपेक्षा रहेको बाइकको मुल्य लाख ७९ हजार सय रुपैँया पर्ने आरएका व्यवस्थापक सोकेन्द्र गौतमले जानकारी दिए

कार्यक्रममा बोल्दै कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले व्यवसायका लागि आफ्नो नगर छनौट गरेको भन्दै आरएका प्रबन्ध निर्देशक राजेन्द्रकुमार थापा प्रबन्धक अनुशिल थापालाई धन्यवाद दिए यस्तो जटिल परिस्थितीमा पनि व्यवसाय शुरु गरेको भन्दै नगरप्रमुख पोखरेलले थापाद्वयको व्यवसायीक सफलताको कामना गरे

कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै प्रबन्ध निर्देशक थापाले युवाहरु विदेश पलायन भइरहेको अवस्थामा रोक्न छोरा अनुशिललाई यो व्यवसाय शुरु गरिदिएको ३५ बर्षदेखि आफू व्यवसायमा रहेकाले अब पुस्ता हस्तान्तरणको प्रक्रियामा रहेको भन्दै सहयोगका लागि सबैलाई अनुरोध गरे

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ प्रदेश सदस्य कुमारमणी पोखरेल, आरएका शोरुम मेनेजर रबिन भट्टराई, बजाज कम्पनीका सर्भिस मेनेजर महेश्वर मण्डल, सर्भिस इन्जिनियर सुमन यादवलगायतको उपस्थिती रहेको थियो  

सम्बन्धित समाचार