२०८३ आश्विन ६ गते , मंगलबार
आमरण अनसनमा बसिरहेका जेनजी घाइते दनुवारलाई काठमाडौँ पठाइयो
बिर्तामोड । झापाको विर्तामोडमा आमरण अनसन बसिरहेका जेनजी घाइते विवेक दनुवारलाई उपचारका लागि काठमाडौं पठाइएको छ । आज छात ६ बजेको उडान मार्फत दनुवारलाई काठमाडौँ पठाइएको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रमण कुमार पोखरेलको नेतृत्वमा मानवअधिकार सञ्जाल झापाका अध्यक्ष डा. रूपक खनाल समेतको उपस्थितिमा लिखित सहमति गर्न खोजे पनि घाइते दनुवारले उपचारको सुनिश्चितता काठमाडौँमा हुनुपर्ने अडान लिएपछि उपचारका लागि उनलाई साँझ ६ बजेको उडान मार्फत काठमाडौँ पठाइएको सिडिओ पोखरेलले जानकारी दिए ।