२०८३ बैशाख २२ गते , मंगलबार

अदालतको आदेशपछि पनि छुटेनन् गोल्छा

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख २२ गते , मंगलबार
अदालतको आदेशपछि पनि छुटेनन् गोल्छा

बिर्तामोड सर्वोच्च अदालतले केन्द्रीय अनुसन्धान ब्युरोको थुनामा रहेका व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिए पनि उनी छुटेका छैनन्

उनी दुई कसुरको अनुसन्धानका लागि पक्राउ परेका थिए उनका धितोपत्र वीमा सम्बन्धी अलग अलग मुद्दा

त्यसमध्ये सोमबार सर्वोच्च अदालतले धितोपत्र सम्बन्धी मुद्दामा मात्रै रिहा गर्न भनेकोले गोल्छा नछुटेका हुन् वीमासम्बन्धी मुद्दामा केही भनिएको छैन

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) का प्रवक्ता एसएसपी शिव श्रेष्ठले उनलाई विमासम्बन्धी मुद्दामा हिरासतमा राखिएको बताए उनी चलिरहेकै मुद्दामा हिरासतमा रहेका हुन्

न्यायाधीशद्वय महेश शर्मा पौडेल श्रीकान्त पौडेलको संयुक्त इजलासले हिजो केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटमा थुनामा रहेका व्यवसायी गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै धरौटी वा जमानतमा छाड्न आदेश गरेको थियो

व्यवसायी गोल्छा वैशाख ११ पक्राउ परेका थिए नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्न भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो

सम्बन्धित समाचार