२०८३ बैशाख २० गते , आईतबार
दलीय ट्रेड यूनियन खारेज
बिर्तामोड । सरकारले निजामती कर्मचारीमा सबै दलीय ट्रेड यूनियनहरू खारेज गरेको छ। अध्यादेशमार्फत निजामती सेवा ऐन संशोधन गरी दलीय ट्रेड यूनियनहरू खारेज भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन्। जसअन्तर्गत २० वटा ऐन संशोधन गरिएको छ। त्यसमा निजामती सेवा ऐन पनि छ । सो ऐनमा रहेको निजामती कर्मचारीहरू ट्रेड यूनियनहरू खोल्न पाउने व्यवस्था खारेज गरिएको हो । ‘निजामती सेवाका अन्य व्यवस्था नियमित बिधेयकमार्फत आउँछन,’ संघीय मामिला मन्त्रालयका एक उच्च अधिकारीले भने,‘दल निकट ट्रेड यूनियनहरू भने तत्काल जरुरी देखिएकाले अध्यादेशमार्फत खारेज गरिएको हो ।’