कचनकवलमा बस दुर्घटना हुँदा १४ जना घाइते
बिर्तामोड । झापाको कचनकवलमा स्कुल बस दुर्घटना हुँदा १३ जना विद्यार्थीसहित १४ जना घाइते भएका छन् । आज बिहान अन्दाजी ९:२५ बजे बिद्यापाणी सेकेन्डरी स्कुलको बस दुर्घटना हुँदा विद्यार्थी घाइते भएका हुन् ।
कचनकवल-३ दलकीस्थित अभिमुक्तरेश्वर सामुदायिक वन अगाडी भद्रपुर-दलकी भित्री सडक खण्डमा दुर्गाभिट्टाबाट आमबारीतर्फ जादै गरेको प्र.१-०१-००१ ख ४४८२ नम्बरको स्कुल बसले घरबाट बाटोमा निस्केको प्र १-०१-०१३ प ३४०३ नम्बरको मोटरसइकललाई ठक्कर दिदा बस अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। ।
बसमा सवार निम्न विद्यार्थीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका जनाएको छ
१) प्र १-०१-०१३ प ३४०३ नम्बरको मोसा चालक जिल्ला झापा कचनकवल गा.पा. ३ बस्ने बर्ष ५२ को ओम प्रसाद तिमसिनाको मुख, टाउको,बाँया खुटामा चोट बोल्न सक्ने अबस्था सामान्य ।
घाईते बिद्यार्थीहरु :-
१) जिल्ला झापा कचनकवल गा पा ३ बस्ने शिब नारायण राजबंशीको छोरा बर्ष १२ को अभिषेक राजबंशीको बायाँ हात खुट्टा अनुहारमा सामान्य पिल्छेको ।
२) ऐ ऐ बस्ने खगेन्द्र राजबंशिको छोरा बर्ष ९ को अर्जुन राजबंशीकको पेट दुखेको बाहिरी चोट नभएको अबस्था सामान्य ।
३) ऐ ऐ बस्ने गुन्धर राजबंशीको छोरा बर्ष ११ को धर्मेन्द्र राजबंशीको बाया हात दुखेको बाहिर चोट नदेखिएको ।
४ ) ऐ ऐ बस्ने पदम बहादुर श्रेष्ठको छोरी बर्ष ७ की खुशबु श्रेष्ठको टाउकोमा चोट अबस्था सामान्य ।
५ ) ऐ बस्ने हेमबती राजबंशीको छोरा बर्ष ९ को करण राजबंशी ढाड दुखेको बाहिर चोट नदेखिएको
६ ) ऐ बस्ने गिता राजबंशीको छोरी बर्ष १० की प्रतिक्षा राजबंशीको दाँया आखामा चोट , टाउको दुखेको अबस्था समान्य ।
७ ) ऐ बस्ने हेलन राजबंशीको छोरी बर्ष ५ की बरटिका राजबंशीको टाउको दुखेको बाहिरी चोट नभएको ।
८ ) ऐ बस्ने जसुदा राजबंशीको छोरा बर्ष ४ को सुमन राजबंशीको टाउको दुखेको बाहिरी चोट नदेखिएको ।
९ ) ऐ बस्ने दिपेन राजबंशीको छोरी बर्ष ८ की श्रृजना राजबंशीको टाउको दुखेको बाहिरी चोट नदेखिएको ।
१०) तत्तकाल अभिभाबकको नाम नखुलेको बर्ष ४ को दिपेन राजबशीको निधारमा चोट अबस्था समान्य ।
२ जना लाई अभिभावकले आफै उपचार गर्न अन्यत्र लगेको