२०८२ फाल्गुन ३० गते , शनिबार
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्षले कांग्रेसलाई भोट मागेपछि ....
बिर्तामोड । चुनावमा अन्तर्घात गरेको आरोपमा नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई निष्कासन गरेको छ । जिल्ला कमिटी बैठकले गाँउपालिका मुनालाई साधारणसदस्य समेत नरहने गरी कारबाही गरेको हो ।
लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको, पटक पटक सम्पर्कमा आउन ताकेता गर्दा पनि नमानेपछि कारबाही गरिएको एमाले धनकुटाका अध्यक्ष शिव आङ्लाले बताए ।
मुनाले प्रतिनिधिसभा निर्वाचनमा पार्टीविरुद्ध गतिविधि गरेको र अन्तर्घात गरेको पाइएको आङ्लाले जानकारी दिए । भीम राईको संयोजकत्वमा गठित छानबिन समितिले मुनालाई कारबाही सिफारिस गरेको थियो ।
उपाध्यक्ष राईले कांग्रेसका उम्मेदवारलाई भोट मागेको प्रमाण रहेको एमाले स्रोत बताउँछ । धनकुटाबाट एमालेका राजेन्द्रकुमार राई पुनः निर्वाचित भएका छन् ।