२०८३ बैशाख १८ गते , शुक्रबार

डोमालाल राजवंशीको सालिक अनावरण गरिने

sajilo news
परिवेश मिडिया
२०८२ माघ २० गते , मंगलबार
डोमालाल राजवंशीको सालिक अनावरण गरिने

बिर्तामोड सातौं झापा गोल्डकपको उद्घाटका दिन जग्गादाता डोमालाल राजवंशीको सालिक अनावरण गरिने भएको डोमालाल राजवंशीको अर्धकदको सालिकलाई यही माघ २६ गते गोल्डकपको उद्घाटनका दिन डोमालाल राजवंशी रंगशालामा अनावरण गरिने भएको हो

गोल्डकपका तत्कालीन अध्यक्ष स्वर्गीय विनोद बस्नेतले सो सालिक भारतबाट निर्माण गरेर ल्याएका थिए बस्नेतको निधनपछि डोमालालको सालिक स्थापित गर्ने असहाय विपन्न डोमालालकी छोरी सम्पत्ति राजवंशीको घर बनाइदिने योजना अलपत्र परेको थियो जसलाई लिएर राजवंशी समुदायले गुनासो गर्दै आएका थिए

सोही विषयलाई लिएर हिजो गोल्डकपका अध्यक्ष केदार गिरी, वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेल, राजवंशी समाज विकास समिति बिर्तामोडका अध्यक्ष सुमन राजवंशी, मोरङका जिल्ला सचिव रुपेश राजवंशीबीच छलफल भएको थियो छलफलमा जग्गा विवादका कारण डोमालाल राजवंशी रंगशाला सार्नुपर्ने अवस्था रहेकोले तत्कालका लागि अस्थायी रुपमै भएपनि सालिकलाई अनावरण गरी राजवंशी समुदायको माग संबोधन गर्ने मौखिक सहमति भएको स्टेजको अगाडिपट्टि सो सालिक राखिने भएको हो जग्गा विवादका कारण रंगशाला सार्नुपर्ने अवस्था आउँदा सालिक भत्काउनु पर्छ भनेर आफूहरुले सालिकलाई स्थापित नगरेको बताउँदै अध्यक्ष गिरीले तत्कालका लागि अस्थायी रुपमा राख्ने पछि जग्गाको टुंगो लागिसकेपछि स्थायी दीगो रुपमा सालिक पुनस्र्थापित गरिने जानकारी दिए

त्यस्तै पूर्व अध्यक्ष स्व. बिनोद बस्नेतको सपना साकार पार्न गोल्डकपपछि डोमालाल राजवंशीकी छोरी सम्पत्तिको घर बनाइदिने अध्यक्ष गिरीले जानकारी दिए स्व। बस्नेतले घर बनाइदिनका लागि सामाजिक संजालमार्फत आर्थिक संकलन अभियान शुरु गरेका थिए त्यस अभियानलाई निरन्तरता दिने गिरीको भनाई

छैठौं संस्करणको झापा गोल्डकप सम्पन्न गर्नेबित्तिकै अध्यक्ष बस्नेत डोमालालको सालिक घर निर्माण गरिदिने अभियानमा लागेका थिए

स्व. डोमालालका सन्तानका लागि बस्नेतले आफैबाट आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए जग्गादाता राजवंशी परिवारको घर बनाउनका लागि अध्यक्ष बस्नेत स्वयंले ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए त्यसपछि त्यस मानवीय कामका लागि अन्य धेरै सहयोगी मनहरुले स्वतःस्फूर्त सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए डोमालाल राजवंशीको घरको लागि दाताहरुले १० लाखभन्दा बढी सहयोग गर्ने बचन दिएका थिए बस्नेतकै पहलमा छैटौ गोल्डकपको उद्घाटनका दिन डोमालालको परिवारलाई लाख रुपैयाँ सहयोग गरिएको थियोे यस वर्ष २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएकोमा त्यसमा थप्ने प्रयास भइरहेको अध्यक्ष गिरीले जानकारी दिए

सम्बन्धित समाचार