२०८३ बैशाख १८ गते , शुक्रबार

मधेशमा कांग्रेसका कृष्णप्रसादलाई मुख्यमन्त्रीमा समर्थन

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर १९ गते , शुक्रबार
मधेशमा कांग्रेसका कृष्णप्रसादलाई मुख्यमन्त्रीमा समर्थन

बिर्तामोड मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवले ७७ जना सांसदको समर्थनमा दाबी पेस गरेका छन् शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा बहुमत प्रदेश सभा सदस्यको हस्ताक्षरसहित उनले दाबी पेस गरेका हुन्

गत बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। सात दलीय गठबन्धनले कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने आजै सहमति गरेका थिए

यादवलाई जसपा, जनमत, लोसपा, माओवादी, नेकपा एस नागरिक उन्मुक्तिका सांसदले समर्थन गरेका छन् मुख्यमन्त्रीमा नियुक्त भएसँगै एक साताभित्रै विश्वासको मत लिने सात दलीय गठबन्धको तयारी सातै दलका नेताहरूले दाबीपत्रमा हस्ताक्षर गरेको छन्

सम्बन्धित समाचार