२०८३ बैशाख १८ गते , शुक्रबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुसमा
झापा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६, २७ र २८ गते हुने भएको छ ।
सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नियमित महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । त्यस्तै नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद आगामी माघ मसान्तसम्म थपिएको छ ।
वर्तमान कार्यसमितिको म्याद मंसिर मसान्तसम्म थियो ।