२०८३ बैशाख १८ गते , शुक्रबार

नेपाली कम्युनिस्ट पार्टीको संदेश सभा आज दाङको देउखुरीमा

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर १३ गते , शनिबार
नेपाली कम्युनिस्ट पार्टीको संदेश सभा आज दाङको देउखुरीमा

बिर्तामोड । नेपाली कम्युनिस्ट पार्टीले आज लुम्बिनी प्रदेश स्थित दाङको देउखुरीमा एकता सन्देश सभा गर्ने भएको छ  । नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय बमोजिम आज देउखुरीमा सन्देश सभा हुन लागेको हो । 
सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसअघि  नेकपाले शुक्रबार धनगढीमा एकता सन्देश सभा गरेको थियो । घोषित कार्यक्रम अनुसार गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोशीको विराटनगरमा मङ्सिर १५ गते सभा हुनेछ।
साथै कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेसको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते सभा हुनेछ।मङ्सिर २९ गते देशभरका पालिकाहरूमा एकता सन्देश सभा हुनेछ। 

सम्बन्धित समाचार