२०८३ बैशाख १८ गते , शुक्रबार
मधेशका मुख्यमन्त्री सोनलले तीन हप्तामै दिए राजीनामा
बिर्तामोड । मुख्यमन्त्री बनेको तीन हप्तामै मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा घोषणा गरेका छन् । उनले प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गरेका हुन् ।
उनले आज विश्वासको मतका लागि समय लिएका थिए । तर, मत नपाउने भएपछि उनले राजीनामा घोषणा गरेका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सोनललाई असोज २९ गते प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
उनले ६ दलको समर्थनमा ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेश गरेका थिए । तर विश्वासको मत नपाएपछि सोनलले पदबाट राजीनामा दिन बाध्य भए ।