२०८३ बैशाख १८ गते , शुक्रबार

अर्को पार्टी गठन गर्ने मुडमा झलनाथ

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक १५ गते , शनिबार
अर्को पार्टी गठन गर्ने मुडमा झलनाथ

बिर्तामोड नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी सहितका पार्टीहरूसँग एकता गर्ने निर्णय लिएपछि पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अर्को पार्टी गठन गर्ने भएका छन्

शुक्रबार सम्पन्न नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले पार्टी एकताको प्रक्रिया नरोकिने निर्णय सुनाएका थिए खनालले भने भिन्न मत समेत राख्न पाएनन्

बैठक सकिएपछि खनालले अब अर्को पार्टी गठन गर्ने बताए एमालेसँगको विद्रोहका औचित्य पुष्टि नगर्दै पार्टीलाई माओवादीमा लैजाने जबर्जस्ती निर्णय गरियो उनले भने, ‘पार्टीलाई विसर्जन गरियो

उनले एमालेले गरेको घर फिर्तिको आह्वानलाई सकारात्मक रुपमा लिएको बताए एमालेमा जाने विषयबारे उनले पार्टीको नीति सिद्धान्तमा सहमति हुनुपर्ने उल्लेख गरे

उनले पार्टी पुनर्गठनका लागि आफूहरूले शनिबार नेताहरूसँग छलफल गर्ने त्यसपछि पार्टीको कानुनी प्रकियाबारे बझ्ने जानकारी दिए यही नाम नमिल्ने भए निर्वाचन आयोगमा दर्ता भएका अन्य पार्टीहरूसँग पनि एकताबारे कुरा गर्न सकिने बताए

सम्बन्धित समाचार