२०८३ बैशाख १८ गते , शुक्रबार
मन्त्रिपरिषद् विस्तार हुँदै, ४ मन्त्रीको सपथ आज
झापा । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रालय विस्तार गर्न लागेकी छन् । आज चार मन्त्रीको सपथ हुन लागेको हो ।
डा.सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री, खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री र गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री जिम्मेवारी दिइँदै छ ।
सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा थपिन लागेका चार मन्त्रीको शपथ आइतबार दिउँसो साढे २ बजे हुने तय भइसकेको छ । यसअघि भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी अनिलकुमार सिन्हाले सम्हाल्दै आएका थिए ।