२०८३ बैशाख १८ गते , शुक्रबार

कार्की आयोग नमान्ने ओलीको भनाई

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन २३ गते , विहीबार
कार्की आयोग नमान्ने ओलीको भनाई

झापा जेन जी आन्दोलनबाट सत्ताच्यूत भएका तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई स्वीकार नगर्ने बताएका छन्

आयोगले ओलीसहितको राहदानी रोक्कादेखि उपत्यका बाहिर जान अनुमति लिनुपर्ने भनी सरकारलाई पत्राचार गरेकै बेला उनले कार्की आयोगको अस्तित्व यसले गर्ने सम्भावित कुनै पनि सिफारिस एमालेले स्वीकार नगर्ने बताएका हुन्

एमाले भक्तपुर जिल्ला कमिटीले गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेएमालेलाई यो नक्कली आयोग मन्जुर छैन पहिले नै केपी ओलीलाई समाउनुपर्छ, थुन्नुपर्छ, मुद्दा लगाउनुपर्छ भन्नेहरूको आयोग बनाएर गजबको ड्रामा गर्नुभएको मजाको ड्रामा पहिले नै केपी ओली समाउनुपर्छ भन्ने आयोग बनाएर त्यसले छानबिन गरेर प्रतिवेदन दिएर अगाडि बढ्यौं भन्ने यस्ता नाटक एमालेलाई मञ्जुर छैन। स्वीकार्य छैन मैले मसिनो भाषामा भनेको छु यो मञ्जुर छैन भनेर बुझ्नुस् यो नक्कली आयोग मञ्जुर छैन किन पनि भने उनीहरूका सम्बन्धमा गम्भीर प्रश्नहरू उठेका छन् यस्ता आयोग मान्दैनौं तिमीहरूले केके सिफारिस लेख्छौ लेख, त्यो हामीलाई मान्य छैन

आयोगले भदौ २३ गतेको घटनालाई लिएर ओलीसँग समेत बयान लिने तयारी गरिरहेका बेला कार्की आयोगलाई अस्वीकार गर्ने उनको अभिव्यक्तिले थप प्रश्न खडा भएका छन् शाही आयोग अस्वीकार गर्दा शेरबहादुर देउवालाई तत्कालीन राजाको सरकारले मध्यरातमा पक्राउ गरी बयान लिन लगेको थियो तर, उनले इन्कारी बयान दिए पछि जेल हालिएको थियो

ओलीले गौरीबहादुर कार्कीले पहिले नै सामाजिक सञ्जालबाट आफूलगायतलाई जेल हाल्नुपर्ने भनेर निर्णय गरिसकेकाले उनले गर्ने सिफारिस वा जाँचबुझको औचित्य नरहने ओलीले बताएका छन् यसबाट उनी कार्की आयोगले बोलाए पनि नजाने प्रष्ट संकेत देखिएको ओली बयान दिन नगएपछि सरकारले पक्राउ गर्न सक्ने त्यसपछि मुठभेडको अवस्था पनि आउन सक्ने देखिन्छ

 

सम्बन्धित समाचार