२०८३ बैशाख १८ गते , शुक्रबार

नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन २२ गते , बुधबार
नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान

झापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व हस्तान्तरण नगर्ने बताएका छन् सत्ता संसद नै विगठन गराउने गरी भदौ २३ २४ गते आन्दोलन गरेका जेन जीहरुले पार्टी नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नु पर्ने बताइरहँदा एमाले अध्यक्ष ओलीले आफुले सकेसम्म पार्टीको नेतृत्व गरिरहने अडान लिएका हुन्

सोमबार, मंगलबार बुधबार विभिन्न प्रदेश जिल्लाका अध्यक्षहरूसँग भर्चुअल संवादमा जोडिएका ओलीले नेता कार्यकर्ताहरुसँग यस्तो भनाई राखेका हुन् पुनर्गठनको विषय उठेपछि ओलीले भनेजबसम्म सक्छु, छाड्दिनँ नेकपा एमाले मोरङ अध्यक्ष अजम्बर राईले पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने कुरा उठेको बताए उनीसहित भोजपुर,उदयपुर धनकुटाका अध्यक्षहरूले पार्टीको नियमित महाधिवेशन माग गरेका हुन् नेताहरूले मंसिरमा महाधिवेशन गर्नुपर्ने बताएका थिए

प्रदेश तथा जिल्लाका नेताहरूले ओलीलाई चाँडोभन्दा चाँढो महाधिवेशन गराउन ध्यानाकर्षण गराएका थिए

सो क्रममा ओलीले पार्टी महाधिवेशन हुने त्यसको निष्कर्ष सबैले स्वीकार्नुपर्ने बताए पार्टी महाधिवेशनमा जाने नै हो, जाऔंला, त्यसअघि अहिलेको परिस्थितिसँग सबै एकजुट भएर जुट्नु ,’ एक जिल्ला अध्यक्षले भने

विशेषगरी कोशी प्रदेशका जिल्ला अध्यक्षहरूले पार्टीको महाधिवेशनका लागि जोड गरेका थिए उनले यो कुरा भन्नुअघि धेरैले पार्टी पुनर्गठनको मुद्दा उठाएका थिए

पार्टी केही केही सम्हालिएर अघि बढ्नुपर्छ, पुनर्गठन नै गरेर जानुपर्छ भन्नेतिर छलफल गयो,’ ती नेताले भने, ‘त्यसपछि उहाँले आफू सक्ने बेलासम्म नछाड्ने बताउनुभएको हो

सम्बन्धित समाचार