२०८३ बैशाख १८ गते , शुक्रबार
संसद विघटन गरिएकोप्रति माओवादी केन्द्रको असहमति
बिर्तामोड । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले संसद विघटन गरेको घटनाप्रति नेकपा माओवादी केन्द्रले असहमति जनाएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा बसेको पदाधिकारीको भर्चुअल बैठकले संविधान विपरीत संसद विघटन गरिएको भन्दै असहमति जनाएको हो । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको असहमति जानकारी गराएका हुन् ।
जेनजी प्रतिनिधिहरूसँगको छलफलपछि पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउने र संसद विघटन गर्ने सहमति भएको थियो ।