२०८३ बैशाख १८ गते , शुक्रबार

एमालेको विधान महाधिवेशन आजबाट शुरु हुँदै

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र २० गते , शुक्रबार
एमालेको विधान महाधिवेशन आजबाट शुरु हुँदै

झापा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदै गोदावरी स्थित सनराइज हलमा हुने महाधिवेशन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्  

यसअघि हिजो बसेको पार्टी सचिवालय बैठकले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेको थियो कार्यतालिकाअनुसार ४० मिनेटको उद्घाटन सत्रपछि दस्ताबेज प्रस्तुतीकरणमा केन्द्रित हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए

महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्

स्थायी कमिटी सदस्य कर्ण थापाको असहमति दस्ताबेज पनि प्रस्तुत गरिने उपमहासचिव ज्ञवालीले जानकारी दिए नेता  थापाले हिजो पार्टी कार्यालयमा फरक मतको दस्ताबेज दर्ता गराएका थिए

त्यसैगरी बैठकले केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने एमाले उपमहासचिव ज्ञवालीले बताए

महाधिवेशनको दोस्रो दिन भदौ २१ गते  प्रस्तुत गरिएको दस्ताबेजको १० वटा समूह बनाई छलफल गरिने उनका अनुसार भदौ २२ गते समूहबाट आएका सुझावलाई प्रस्तुतीकरण गर्ने सुझावमाथि प्रतिउत्तर दिने कार्यतालिका  

यस्तै सोही दिन नै केन्द्रीय निर्वाचन आयोगका निर्वाचन गर्ने समसामयिक प्रस्तावसहित महाधिवेशनको समापन गर्ने कार्यतालिका रहेको उनले जानकारी दिए

महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जनाको सहभागी हुनेछन्

सम्बन्धित समाचार