चाडपर्व सकिएपछि प्रतिपक्षीले आन्दोलन चर्काउने
झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाडपर्व सकिएपछि सडक र सदन केन्द्रित आन्दोलन गर्ने बताएका छन् ।
शनिबार पार्टी कार्यालय पेरिसडाडाँमा आयोजित नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौती विषयक विचार गोष्ठीमा प्रचण्डले चाडपर्व सकिएपछि सवै प्रतिपक्षीहरू एक भएर सडक र सदन केन्द्रित आन्दोलन चर्काउने बताएका हुन् ।
काँग्रेस–एमालेको सरकारले मुलुकमा सुशासन भनाइ भ्रष्टाचारलाई प्रश्रय दिनुका साथै कानुन निर्माणमा समेत छेडखानी गरेकाले अब सशक्त आन्दोलन गर्ने उनले बताए । प्रचण्डले राज्यलाई रूपान्तरणका साथै भ्रष्टाचारबिरोधी अभियान नै सुरु गर्दा सरकारबाट बाहिरिनुपरेको उल्लेख गरे ।
दुई तिहाइको बलमा भ्रष्टाचारीलाई जोगाउने, राजनीतिक प्रतिशोध लिने र अदालतलाई नै प्रभावित पार्ने काम भएको प्रचण्डले बताए ।
दुई तिहाइको बलमा भएका गलत कामको सडक, सदन र सरकारको मोर्चाबाट हस्तक्षेपको बिकल्प नरहेको उल्लेख गरे ।
प्रचण्डले पार्टीभित्रै दलितलाई दमन गर्ने दुई वटा प्रबृति र दुई वटा बिचार रहेको बताए ।