२०८३ बैशाख १८ गते , शुक्रबार

विद्यामाथि ओलीको प्रहार– ‘असन्तुष्टहरुको जमात खडा गरेर कुदिरहनु भएको छ’

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र ६ गते , शुक्रबार
विद्यामाथि ओलीको प्रहार– ‘असन्तुष्टहरुको जमात खडा गरेर कुदिरहनु भएको छ’

बिर्तामोड नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफैं सदस्यता छोडेको बताएका छन्

च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले राष्ट्रपति हुने बेला भण्डारी आफैंले सदस्यता छोडेको बताएका हुन् खोसेको होइन, राष्ट्रपति हुन छोडेर जानु भएको हो,’ ओलीले भने

सदस्यता नवीकरणबारे पार्टीसँग छलफल पनि नगरेको अध्यक्ष ओलीले बताए

पार्टीले किन खोस्छ सदस्यता, थिएन त्यसो भएकाले खोस्नै परेन सदस्यताका लागि आवेदन गर्नुभएको पनि छैन, नवीकरणका लागि पार्टीमा आएर कुरा पनि गर्नुभएको छैन,’ उनले भने, ‘बाहिर टेलिभिजनले दिने होइन होला ?’

दर्ता चलानी शाखामा आएर पैसा बुझाउँदैमा सदस्यता नवीकरण नहुने तर्क पनि ओलीले गरे

कार्यालयमा आएर दर्ता चलानी फाँटबाट सदस्यता नवीकरण गरेँ भनेर, शुल्क तिर्दैमा सदस्यता पाउँछन् भन्ने हुन्छ ?,’ ओलीले  भने

राष्ट्रपतिको कार्यकाल सकेर फर्किएपछि यस्तो समस्या सिर्जना हुन्छ भन्ने कल्पना समेत नगरेको पनि ओलीले बताए

दुईदुई पटक राष्ट्रपति भएको मान्छे, पार्टीमा फर्केर आउने समस्या खडा गर्नुहुन्छ भन्ने कल्पना पनि गरेको थिएन,’ ओलीले भने

तर राष्ट्रपतिको कार्यकाल सकेर फर्किएपछि ओलीले पार्टी चुनाव हारेका असन्तुष्टहरूलाई बोकेर हिँड्ने काम गरेको बताए

पार्टीका सधैंका असन्तुष्ट, पार्टीका पक्षमा कहिल्यै नबोल्ने, पार्टीका विभिन्न जनसंगठनका चुनाव हारेका मान्छेहरू असन्तुष्ट भएका मान्छेहरू तिनलाई भेला गरेर असन्तुष्टहरूको जमात खडा गरेर कुदिराख्नु भएको ,’ ओलीले भने

सम्बन्धित समाचार