उपसभामुख रानालाई अमेरिकाबाट फर्किएपछि हटाउने तयारी
झापा । सत्ता गठबन्धनको बैठकले उपसभामुख इन्दिरा राना मगरबारे उठेको प्रश्न निरूपण गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
उपसभामुखलाई हटाउनको लागि कांग्रेस एमालेले हस्ताक्षर संंकलन गर्दैगर्दा बसेको गठबन्धनको बैठकले प्रश्न उठेपछि यो विषयलाई निष्कर्षमा पुर्याउनु पर्नेबारे छलफल भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए ।
उनले भने, ‘उहाँ अहिले संसद्को मामिला मार्फत विदेश जानुभएको छ वा निजी भ्रमणमा जानुभएको छ हाम्रो जानकारीमा भएन । उहाँको बारेमा प्रश्न उठेको छ । यसको निरूपण हुनुपर्छ कुन विधिबाट जाने भन्ने कुरा उपयुक्त समयमा उपयुक्त निर्णय गर्नुपर्ने बहस सिर्जना भएको छ ।, हामी समय हेरेर गर्छौं ।’
उनले अहिले नै उपसभामुखविरुद्ध तत्कालै प्रस्ताव दर्ता गर्ने निर्णयमा नपुगेको बताए । उनले थपे, ‘भिजिट भिसा प्रकरणमा संसद् बहिस्कारको भइरहेको सबैले देखिराख्नुभएको छ । निरन्तर संसदमा यो विषय उठ्छ भने संसदभित्र रहेको उपसभामुख जोडिएको विषय के हुन्छरु भनेर हुने बहसलाई अन्यथा लिनु हुँदैन । यो बहसलाई बिट मार्नुपर्छ । सधैँभरी गरिराख्नु हुँदैन । तर हामी अहिले छलफलमा छौँ । उहाँविरुद्ध कुनै प्रस्ताव दर्ता गर्ने निष्कर्षमा पुगिसकेका छैनौँ ।’