२०८३ बैशाख १९ गते , शनिबार

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र २ गते , सोमबार
राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

झापा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन्

उनले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि आफू यो निष्कर्षमा पुगेको प्रसाईंले बताएका छन्

राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ मेरा लागि अब मेरो परिवार भन्दा पनि नेपाल नेपाली प्राथमिकतामा परेका छन् राजनीतिले बिगारेको यो सुधारका लागि राजनीतिमा संलग्न हुन हामी बाध्य भएका छौं,’ प्रसाईंले भने

उनले केही समयमै दलको नाम घोषणा गर्ने बताएका छन्

लगायत हाम्रो अभियान अभियानका साथीहरूले राजनीतिक दल खोली दलमा संलग्न हुने अठोट गरेका छौं त्यसकारण मैले राजनीतिक शक्ति निर्माणका दल गठन गर्ने निश्चय गरेको छु,’ प्रसाईंले भने

सम्बन्धित समाचार