२०८३ बैशाख १९ गते , शनिबार
सभापतिले पर्दैन भनेपनि मनले नमानेपछि राजिनामा दिएँ : रामहरि
बिर्तामोड । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पार्टीको दबाबको कारणले प्रतिनिधि सभाबाट राज्य व्यवस्था समितिको सभापति पदबाट राजीनामा नदिएको बताएका छन् ।
राजीनामा घोषणापछि उनले पार्टी सभापति शेरबहादुर देउवाले राजीनामाको लागि दबाब नदिएको बताए ।
उनले भने, ‘मैले समिति बनेको सुरुकै दिनमा गाडी फिर्ता गरिसकेको थिएँ । पार्टीले मलाई दबाब दिएको थिएन, बस्नुपर्छ भनेको थियो हिजोसम्म, सभापतिजीले पनि बस्नुस् भन्नुभएको थियो । मनले नमानेपछि राजीनामा दिएको हुँ ।’