२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोडमा सामाजिक सञ्जाल प्रकरण : राप्रपाले आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण २२ गते , विहीबार
बिर्तामोडमा सामाजिक सञ्जाल प्रकरण : राप्रपाले आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी

बिर्तामोड बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा गरेको कमेन्ट पेचिलो बन्दै गएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बिर्तामोड का वडाध्यक्ष बनेका अजय कार्कीलाई लक्षित गर्दै उपप्रमुख संग्रौलाले गरेको कमेन्टले राप्रपाएमाले आमने सामने बन्ने स्थिती सिर्जना हुँदै गएको हो

राजनीतिक तहबाट समयमै उचित समाधान नखोजिँदा घटनाले जटिल रुप लिँदै गएको बिर्तामोड कार्यपालिका बैठकमा सहभागिताको बिषयलाई लिएर एक नगरबासीले गरेको फेसबुक पोष्टमा कमेन्ट गर्दै नगर उपप्रमुख संग्रौलाले वडाध्यक्ष कार्कीलाई लक्षित गर्दै नागरिकता बेचुवा भनेर तीखो प्रहार गरेका थिए सोहि बिषयलाई लिएर उपप्रमुखको कार्यकक्षमा कार्की संग्रौलाबिच तँ तँ भएको थियो

सो घटनापछि नेकपा माओवादी केन्द्र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त रुपमा नगरपालिका घेराउ गरेको थियो घटनालाई समाधान गर्नुका साथै नगर उपप्रमुखलाई कानुनी दायरमा ल्याइनु  पर्ने माग राख्दै साउन १९ गते राप्रपा बिर्तामोड नगर अध्यक्ष लक्ष्मी गौतमको नेतृत्वको टोलीले बुँदे ज्ञापन पत्र नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईलाई बुझाएका थिए

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख प्रसाईले कार्यालयको कामका लागि आफु काठमाण्डौ जानु पर्ने बाध्यता रहेकाले आएपछि सो बिषयमा निकास खोज्ने प्रतिबद्धता जनाइन् नगर प्रमुख प्रसाईसँगै उपप्रमुख संग्रौलापनि सडकको समिक्षा कार्यक्रममा सहभागी बन्न काठमाण्डौ गएपछि कार्यवाहक नगर प्रमुखको जिम्मेवारी नम्बर वडाध्यक्ष अग्नी पाण्डेले पाए

सोहि बिषयलाई लिएर समाचारसहित सामाजिक सञ्जालमा अग्रज पत्रकार मोहन काजीले लेख्नुभएकोफेसबुकको टिप्पणीले नगरपालिकाको दैनिकी बिथोलिने अवस्था आएपछि वार्ताबाट समस्याको समाधान खोज्नु पर्नेमा दलहरु भिड्ने नेताहरु रमिते देखिएका छन् शिर्षकको पोष्टमा नगर प्रमुख प्रसाईलेहिजो १९ गते सबै समाधान गरेर अनिवार्य कामका लागि कार्यवाहक को जिम्मेवारी दिएर मात्र गएको हुँअलि बुझिदिनु हुन अनुरोध गरेँ है

भनेर कमेन्ट गरेपछि राप्रपा आक्रोशित बनेको समाधान खोज्ने सहमतिलाई सहमति नै गरिसकेको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा पोष्ट गर्दै राप्रपा नगर अध्यक्ष लक्ष्मी गौतमले ढिला नगरी सो बिषयलाई छलफलको माध्यमबाट समाधान खोजिनुपर्ने, कानुनी राज्यको प्रत्याभुति गराउनुपर्ने अन्यथा चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्

सम्बन्धित समाचार