२०८३ बैशाख १९ गते , शनिबार

रिभोलुसन एजुकेशनको पाँचौ शाखा बिर्तामोडमा

sajilo news
परिवेश मिडिया
२०८२ असार २८ गते , शनिबार
रिभोलुसन एजुकेशनको पाँचौ शाखा बिर्तामोडमा

बिर्तामोड   विदेशमा  अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिन  रेव एजुकेशन प्रालिद्वारा सञ्चालित रिभोलुसन  एजुकेशनले बिर्तामोडमा शाखा विस्तार गरेको   पूर्वका विद्यार्थीहरुलाई लक्षित गरी रिभोलुसनले  पाँचौ  शाखा बिर्तामोडमा खोलेको हो  

सन् २०१४ सालमा  काठमाण्डौंको महाराजगंज चक्रपथमा मुख्य कार्यालय स्थापना गरेको  रिभोलुसनको  काठमाण्डौंको बागबजारधनगढी   बुटवलमा  शाखा कार्यालय संचालित

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का निवर्तमान  केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी प्रकाश पाण्डेले  आज एक कार्यक्रमका बीच  बिर्तामोड शाखाको उद्घाटन गरेका छन्   उनले रिभोलुसनलाई  सानो गल्ती गर्ने रतिभर छुट नभएको भन्दै  विद्यार्थी अभिभावक सुरक्षित भए मात्र  शैक्षिक परामर्शदाता सुरक्षित रहने बताए    उनले विदेश  अध्ययनमा गएका आफ्ना छोराछोरीलाई अभिभावकहरुले कामको बारेमा मात्र नसोधेर त्यहाँको  शिक्षा स्वास्थ्यका बारेमा  सोधीखोजी गरिदिन आग्रह गरे

रिभोलुसनले  अष्ट्रेलिया, अमेरिकायुके क्यानडा पढ्न जान चाहनेहरुका लागि शैक्षिक परामर्श दिने कार्यक्रममा जानकारी दिइयो कार्यक्रममा कमेडी च्याम्पियन सिजन का विजेता सुनिल खड्काले हास्यव्यंग प्रस्तुती दिएका थिए

रिभोलुसन एजुकेशनका प्रवन्ध निर्देशक आशिष रायमाझीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो रायमाझी इक्यानको केन्द्रीय सदस्य हुन् कार्यक्रममा  इक्यान झापाका अध्यक्ष रोशन सुवेदीले  शुभकामना मन्तव्य राखेका थिए   कार्यक्रमको संचालन  रिभोलुसन एजुकेशन बिर्तामोड शाखाका सिइओ सन्दीप ओलीले गरेका थिए

सम्बन्धित समाचार