२०८२ माघ २८ गते , बुधबार

पूर्वेलीले थप्यो सवारी साधन

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ३० गते , शुक्रबार
पूर्वेलीले थप्यो सवारी साधन

बिर्तामोड ।  ढुवानी व्यवसायमा आफ्नो अलग्गै पहिचान बनाउन सफल पूर्वेली ढुवानी सेवा प्रा.लि. बिर्तामोडले ढुवानीका साधन थप गरेको छ । आज पूर्वेली ढुवानी सेवाले दुईवटा दश चक्के ट्रकहरू खरिद गरेको हो ।
पूर्वेलीका सञ्चालक निर्मलराज खत्रीले अशोक लेल्यान्ड कम्पनीको २५२३ (घोप्टो पत्ती) मोडलका ट्रकहरू खरिद गरेको जानकारी दिए ।
एक संक्षिप्त कार्यक्रमका बीच खत्रीले लेल्यान्ड कम्पनीको बिक्री केन्द्र चारपानेबाट ट्रकको चाबी ग्रहण गरेका थिए । कम्पनीका रिजनल सेल्स म्यानेजर सुशील दाहालले सञ्चालक खत्रीलाई चाबी हस्तान्तरण गरेका थिए ।

सम्बन्धित समाचार