२०८३ बैशाख १७ गते , विहीबार
भिक्ट्री मार्शल आर्ट्स एण्ड स्पोर्ट्स एकेडेमीले निःशुल्क योग गराउने
बिर्तामोड । बिर्तामोड-४ मेघाबारी टोल नजिकै रहेको भिक्ट्री मार्शल आर्ट्स एण्ड स्पोर्ट्स एकेडेमीले निःशुल्क योग कक्षाको आयोजना गरेको छ । असार १ गतेदेखि एक हप्तासम्म एकेडेमीले योग कक्षा आयोजना गरेको हो ।
व्यस्त जिवनशैली बिताउन बाध्य मानिसहरूको स्वास्थ्यलाई ख्याल गरेर योग कक्षा आयोजना गरिएको भिक्ट्री मार्शल आर्ट्स एण्ड स्पोर्ट्स एकेडेमीका सञ्चालक सूर्यबहादुर थापाले जानकारी दिए । योगले स्वास्थ्यलाई सन्तुलनमा राख्न मद्दत गर्ने एकेडेमीले विश्वास लिएको छ ।
योग कक्षा बिहान ४:३० देखि ६ बजेसम्म नेवारी भवनमा हुने जनाइएको छ ।