२०८३ बैशाख १९ गते , शनिबार

काठमाण्डौं इन्फोसिस कन्सल्टेन्सीले बिर्तामोडमा रोड शो गर्ने

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २२ गते , विहीबार
काठमाण्डौं इन्फोसिस कन्सल्टेन्सीले बिर्तामोडमा रोड शो गर्ने

बिर्तामोड । काठमाण्डौं इन्फोसिस एजुकेशनल कन्सल्टेन्सीले बिर्तामोडमा रोड शो गर्ने भएको छ । उच्च शिक्षा हासिल गर्न विदेश जान चाहनेहरूका लागि शैक्षिक परामर्श दिने उद्देश्यले रोड सो गर्न लागिएको हो।
बिर्तामोडको भद्रपुर रोडमा कार्यालय रहेको कन्सल्टेन्सीले १२ वटा विदेशी विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कार्यक्रममा अमेरिका, क्यानडा, अस्ट्रेलिया, युके र न्युजिल्यान्डस्थित प्रख्यात विश्वविद्यालयका प्रतिनिधिहरु कार्यक्रममा सहभागी हुने कन्सल्टेन्सीका सञ्चालक आलोक कार्कीले जानकारी दिए ।
कार्यक्रममा कन्सल्टेन्सीका संस्थापक प्रमुख कार्यकारी अधिकृत राजेन्द्र रिजाल समेत सहभागी हुने उनले बताए ।
रोड शोको दिन आउने विद्यार्थीहरूलाई  आयल्टस, पिटिइको कक्षा तथा डकुमेन्टेसनमा शत प्रतिशतसम्म छात्रवृत्ति दिइने अर्का सञ्चालक सुशील भण्डारीले जानकारी दिए ।
काठमाण्डौं इन्फोसिसले विद्यार्थीहरूलाई उनीहरूको योग्यता र क्षमताका आधारमा विश्वविद्यालय छनोटका निमित्त उचित परामर्श दिइने संचालक विवेक नेपालले जानकारी दिए ।
१९ वर्षअघि स्थापना भएको काठमाडौँ इन्फोसिसको बिर्तामोड शाखा १६औं भएको र वार्षिक ५ हजार बढी विद्यार्थी लाई वैदेशिक अध्ययनका निमित्त परामर्श दिने गरेको अर्का सञ्चालक सुमन श्रेष्ठले बताए । 

सम्बन्धित समाचार