ताप्लेजुङ वाइसिएल अध्यक्षमा माबो चयन
बिर्तामोड । नेकपा माओवादी केन्द्रको युवा सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसिएल)नेपाल ताप्लेजुङको अध्यक्षमा सञ्जीप लिम्बू माबो चयन भएका छन् । मङ्गलबार सम्पन्न जिल्लाको तेस्रो अधिवेशनबाट माबोको नेतृत्वमा ६१ सदस्यीय समिति चयन भएको हो ।
समितिको उपाध्यक्षत्रयमा सचिन सिरेङ चोङवाङ, अभिषेक वनेम र विशाल नुगो रहेका छन् । त्यस्तै सचिवमा तिल प्रसाद लिम्बू (विशेष) चयन भएका छन् । अधिवेशनले ५ जना सहसचिव चयन गरेको छ । निमा तेम्बा शेर्पा, दुर्गा इजम लिम्बू, सुजन सावादेन (सुहाङ), ज्ञानेन्द्र इधिङ्गाे र डिल्ली भट्टराई सहसचिवमा चयन भएका हुन् । हिम्मत लाेहार कोषाध्यक्षमा चयन भएका छ्न् ।
११ जना सदस्य कार्य समितिले चयन गर्ने बताइएको छ ।
वाइसिएलका जिल्ला अध्यक्ष कैलास माबोको अध्यक्षतामा भएको सम्मेलनको नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) ले उद्घाटन गरेका थिए। सम्मेलन उद्घाटन कार्यक्रममा वाइसिएल नेपालका उपाध्यक्ष एवम् माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य मिङ्माडण्डु शेर्पा, माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य पर्शुराम कार्की, वाइसिएलका केन्द्रीय सचिव एवम् कोशी प्रदेश इन्चार्ज डम्बर पुलामी (कर्म), माओवादीका जिल्ला संयोजक विष्णुकुमार लिम्बू, प्रदेश कमिटीका सदस्य लगायतका पार्टी तथा सङ्गठनका नेतृत्वहरुको उपस्थिति रहेको थियो ।
सम्मेलनको औपचारिक कार्यक्रम सुरु हुनुअघि र्याली आयोजना गरी फुङ्लिङ बजार परिक्रमा गरिएको थियो । भ्रष्टाचार नियन्त्रण गर, विकृति विसङ्गति नियन्त्रण गरजस्ता र्यालीमा नारा लगाइएका थिए ।