२०८२ जेष्ठ ३२ गते , शनिबार

इष्ट होराइजन स्कूलमा दिक्षान्त समारोह

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १५ गते , सोमबार
इष्ट होराइजन स्कूलमा दिक्षान्त समारोह

धुलाबारी पूर्वकै अब्बल शैक्षिक थलो मेचीनगरको इष्ट होराइजन अंग्रेजी माविमा दिक्षान्त समारोह आयोजना गरिएको

विद्यालयको सभाहलमा सोमबार आयोजित अभिभावकहरुको उपस्थितिमा साना कक्षाका विद्यार्थीलाई दिक्षित गरिएको हो विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने उदेश्यले दिक्षान्त समारोह आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सन्जिव राईले बताए भविष्यमा स्नातकोत्तर गरेपछि पाउने उपाधिको क्षणलाई सम्झना स्वरुप विद्यार्थीमाझ अभ्यास गरिएको उनी बताउँछन्

विद्यालयमा अध्ययनरत कक्षा का १०४ जना विद्यार्थीलाई दिक्षित गरिएको थियो अभिभावकको उपस्थितिमा उनीहरुलाई कालो टोपी, फूल प्रमाणपत्र पत्र वितरण गर्दै सम्मान गरिएको हो दिक्षान्त समारोह अन्तर्गत बुधबार कक्षा नर्सरीका ५१ जना, कक्षा का १५३ जना विद्यार्थीलाई दिक्षित गरिने विद्यालयका शिक्षक महेश खड्काले जानकारी दिए

विद्यालयका प्रिन्सिपल राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासक सावित्रा सापकोटा लगायतको आतिथ्यता रहेको थियो कार्यक्रमको सञ्चालन शिक्षक विकास ग्वालले गरेका थिए

पौष्टिक आहारका कुरा

सोही अवसरमा बिएण्डसी अस्पतालले स्वास्थ्य सम्बन्धी जानकारी दिएको यसअघि नै बिएण्डसी अस्पताल इष्ट होराइजन विद्यालयबिच स्वास्थ्य सम्झौता भएको सम्झौता अनुसार विद्यालयसँग जोडिएका विद्यार्थी, शिक्षक तथा कर्मचारी लगायतले उपचारमा विशेष छुट पाउनेछन्

बिएण्डसी अस्पतालका कार्यक्रम संयोजक गोविन्द खनालले खानपानका विषयमा अभिभावकहरुलाई जानकारी गराएका थिए उनले आफ्ना नानीहरुलाई खानपानमा विशेष ध्यान दिनुपर्ने बताए यस्तै, डा. नीता श्रेष्ठले पौष्टिक आहारका विषयमा जानकारी गराएकी थिइन्

सम्बन्धित समाचार