२०८२ जेष्ठ ३२ गते , शनिबार

शिक्षकमाथि प्रहरी दमन, ६० शिक्षक र एक पत्रकार घाइते

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १४ गते , आईतबार
शिक्षकमाथि प्रहरी दमन, ६० शिक्षक र एक पत्रकार घाइते

काठमाण्डौ । यसअघिका २५ दिनजस्तै आज पनि बिहानै ११ बजे माइतीघर मण्डलामा भेला भए । सधैंजस्तो विद्यालय शिक्षा ऐनको माग राख्दै उनीहरू बबरमहलको सडक हुँदै नयाा बानेश्वरतर्फ लागे ।
शिक्षक महासंघको सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार, बानेश्वर निषेधित क्षेत्रभन्दा धेरै अगाडि शिक्षक नेताहरूले भाषण गर्ने मञ्च थियो ।
प्रहरी तैनाथ भएको ठाउँसम्म शिक्षकहरू पुग्ने र फर्किने क्रम चलिरहेको थियो ।
‘भीडलाई संयम बनाउन स्वयंसेवकको टोली परिचालन गरेका छौं । भीडलाई निषेधित क्षेत्रमा जान नदिन स्वयंसेवक प्रहरीभएतर्फ जाँदै थिए । त्यहीबेला स्वयंसेवकमाथि प्रहरीले प्रहार गर्‍यो,’ सहअध्यक्ष पराजुलीले भनिन्, ‘हाम्रो स्वंसेवक पदम पटेलालाई प्रहरीबाट कुटपिट भयो ।’
उनको आँखामा गहिरो चोट लागेको उनले बताइन् । त्यहीबेला प्रहरीमाथि पनि ढुंगा प्रहार भयो । महासंघले त्यो ढुंगा प्रहार शिक्षकबाट नभएको दाबी गरेको छ ।
‘त्यही बेला हेलमेट लगाएको केही व्यक्तिले ढुंगा प्रहार गरेको पाइएको छ,’ सहअध्यक्ष पराजुलीले भनिन्, ‘आन्दोलनलाई उत्तेजित बनाउन घुसपैठ गरेर ढुंगा प्रहार गरियो । प्रहरीबाट पानीको फोहरा प्रहार भयो ।’
शिक्षकको शान्तिपूर्ण आन्दोलन एकाएक अशान्त हुन पुग्यो ।
‘साढे १२ तिरको कुरा हो । एकाएक प्रहरीले लाठी र पानीको फोहरा प्रहार गर्‍यो । सुनियोजित रुपमा शिक्षकमाथि आक्रमण भयो,’ सअअध्यक्ष पराजुली भनिन् ।
‘हामीसँग ६० जना घाइते शिक्षकको सूचि छ । म अहिले सिभिल अस्पतचालमा छु । यहाँ घाइते शिक्षकहरूको उपचारको समन्वय गरिरहेको छु,’ उनले भनिन् ।
प्रहरीले भने घाइते शिक्षकको विवरण संकलन गरिरहेको जनाएको छ । प्रहरीका अनुसार यो समाचार तयार पर्दासम्म १५ जना घाइते शिक्षकको विवरण संकलन गरेको जनाएको छ ।
त्यसपछि शिक्षकमाथि बज्रियो पानीको फोहरा र लाठी
शिक्षक महासंघले राज्यले शिक्षक आन्दोलनमा दमन गरेको निष्कर्ष निकालेको छ । भोलि थप शिक्षक कर्मचारी काठमाडौं आउने महासंघको दाबी छ ।
सोही क्रममा केही पत्रकासमेत घाइते भएका छन् । महासंघका महासचिव तुलाबहादुर थापाका अनसार प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की घाइते भएकी हुन् । उनलाई सिभिल अस्पतालबाट तिलगंगा आँखा अस्पताल लगिएको छ । प्राइम टेलिभिजनले उनी घाइते भएको पुष्टि गरेको छ ।
‘अहिले उनको तिलगंगामा उपचार भइरहेको छ । आँखाको परेलामुनि पट्टी गर्नुपर्ने अवस्था छ,’ प्रशारण निर्देशक राजु भण्डारीले भने । शिक्षक महासंघका महासचिव थापाका अनुसार घाइतेहरूको सिभिल, एभरेस्ट, ट्रमा सेन्टर र तिलगंगामा उपचार भइरहेको छ ।
शिक्षक महासंघले राज्यले शिक्षक आन्दोलनमा दमन गरेको निष्कर्ष निकालेको छ ।
‘हाम्रो आन्दोलन आज २६ दिनमा छ । समस्या समाधान गरेर पठाउन भन्दा पनि राज्यले दमन गरेर तितरवितर बनाएर कमजोर बनाउन खोजेको हो । हामीलाई खालि हात पठाउन खोजेको अनुभूति भएको छ,’ पराजुलीले भनिन् ।
आजको घटनासँगै शिक्षक महासंघले आन्दोलनमा घुसपैठ भएको निष्कर्ष निकाल्दै थप सशक्त बनाउने चेतावनी दिएको छ ।
‘हामी शिक्षक हौं । लाठी छैन, केही छैन । शान्त आन्दोलनकारीलाई भड्काउन घुसपैठ पठाएर नांगोपना उदांगो भयो’, महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘यस्ता सरकार के, हजुरबाबु सरकार आए पनि दमन गर्न सक्दैन ।’
उनले थप चेतावनी दिँदै भनेका छन्, ‘हेक्का रहोस्, हरेक शिक्षक ज्यान दिन तयार छ। हाम्रो आन्दोलनलाई कमजोर ठान्ने दुस्साहस नगरियोस् ।’
भोलि थप शिक्षक कर्मचारी काठमाडौं आउने महासंघको दाबी छ ।
‘भोलि यो भन्दा तीन गुना शिक्षक भेला हुनेछन् । अब हामी पनि आउछौं भन्दै हरेक शिक्षकले फोन गर्न थालिसक्नुभएको छ,’ अध्यक्ष सुवेदीले भने ।

सम्बन्धित समाचार