२०८२ जेष्ठ ३२ गते , शनिबार

शिक्षकलाई आज वार्तामा बस्न आग्रह

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १३ गते , शनिबार
शिक्षकलाई आज वार्तामा बस्न आग्रह

बिर्तामोड चैत्र २० गतेदेखि आन्दोलनरत शिक्षकलाई वार्ताका लागि सरकारले आग्रह गरेको आज विहान ७ः३० बजे वार्तामा आउन आग्रह गरेको हो

शुक्रबार एक विज्ञप्ति जारी गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता संवादका माध्यमबाट समस्या समाधान गर्न भन्दै आन्दोलनरत शिक्षकहरुलाई वार्ताका लागि आह्वान गरेको हो नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तलाई भेट्न शुक्रबार गएका शिक्षकहरु मन्त्रालयको गेटबाटै फर्किएका थिए शिक्षकको तर्फबाट २५ जनालाई पासको समेत व्यवस्था गरिसकेको अवस्थामा ती नामहरु शिक्षकको तर्फबाट नदिइएको भन्दै मन्त्रीलाई नभेटी उनीहरु फर्किएका थिए

लामो समयदेखि शिक्षकहरुले काठमाण्डौको सडकमा आन्दोलन गरिरहँदा शैक्षिक कार्यक्रम नै प्रभावित हुने अवस्थामा सर्वोच्च अदालतले तीन दिन भित्र शिक्षकलाई फर्काउने वातावरण बनाउन आदेश दिएको थियो सर्वोच्चको आदेशपछि सरकार शिक्षकसँग वार्ता गरेर जायज माग सम्बोधन गर्न क्रियाशिल बनेको हो

सम्बन्धित समाचार