२०८३ बैशाख १९ गते , शनिबार

निचाझोडा वनमा माओवादी केन्द्रका लिम्बू नेतृत्वको प्यानलै विजयी

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख ५ गते , शुक्रबार
निचाझोडा वनमा माओवादी केन्द्रका लिम्बू नेतृत्वको प्यानलै विजयी

बिर्तामोड बिर्तामोड स्थित सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद लिम्बू नेतृत्वकोसमृद्ध वन स्वतन्त्र प्यानलविजयी भएको बिहीबार भएको निर्वाचनमा नेकपा एमालेको २५ बर्षे विरासत तोड्दै चार दलीय गठबन्धन विजयी बनेको हो

शुक्रबार विहान सम्पन्न मतपरिणाम अनुसार समृद्ध समूहका तर्फबाट अध्यक्ष लिम्बूले एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार सूर्य भट्टराईलाई पराजित गरेका छन् लिम्बूले ४८४ मत ल्याउँदा भट्टराईले २५३ मत प्राप्त गरेका थिए

त्यस्तै उपाध्यक्षमा मंगलसिंह साँवाले ४५६ मत, सचिवमा इन्दिरा अधिकारी बास्कोटाले ४३२ मत, सहसचिव जीवन कार्कीले ४१० मत कोषाध्यक्षमा इश्वरादेवी बास्कोटा भट्टराईले ४३५ मत प्राप्त गरी  विजयी बनेका छन्   

यता एमालेको तर्फबाट उपाध्यक्ष बनेका कुलप्रसाद सावाँ लिम्बूले २६० मत, सृष्टिमाया लिम्बू राईले २७२ मत, सहसचिव लक्ष्मीप्रसाद पौडेलले २६४ मत कोषाध्यक्ष पदका उम्मेदवार नैनकला गुरागाई चापागाईले २६१ मतमात्र प्राप्त गरेका थिए

त्यस्तै आरक्षीत पाँच सदस्यमध्ये महिला सदस्यमा शान्ता उप्रेतीले ४१९ मत, मन्जु कट्टेल उप्रेतीले ४२० मत, जनजातितर्फ बुधराज लिम्बूले ४२६ मत, दलिततर्फ सावित्रा सार्कीले ४३१ मत आदिवासीतर्फ मनमाया हस्दाले ४३६ मत प्राप्त गरि विजयी बनेका छन्

त्यस्तै पाँचवटा टोलतर्फ नं. टोलमा वीरबहादुर श्रेष्ठले ९० मत, धनमाया फुँयालले ८७ मत, नं. टोलमा मेघराज पौडेलले ७३ मत, लीलादेवी उप्रेतीले ८४ मत, नं. टोलमा डिल्लीराम प्रसाईले ८२ मत, भीमा श्रेष्ठले ८६ मत, नं. टोलमा राजकुमार लावतीले ८९ मत, सुनिताकुमारी राजवंशीले ८५ मत नं. टोलमा खगेन्द्र कटुवालले ८० मत  बन्दना लिम्बूले ७४ मत प्राप्त गरी विजयी बनेका छन्

८३१ घरधुरी रहेको सो वन समूहको निर्वाचनमा ७५७ मत खसेको थियो

२०५४ सालमा स्थापना भएको सो वन समूहमा स्थापना कालदेखि २०७३ सालसम्म हालका कोशी प्रदेशका  ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्री एकराज कार्की अध्यक्ष बनेका थिए त्यसपछि २०७३ देखि २०७८ सम्म नेपाली कांग्रेसकी रेनुका उप्रेती अध्यक्ष बनेकी थिइन् एक कार्यकाल कांग्रेसले चलाएपनि त्यसपछि एमालेकै बद्री प्याकुरेलले २०७८ देखि २०८२ सम्म अध्यक्षको कार्यभार सम्हालेका छन्

एमालेका उम्मेदवारहरुलाई जिताउन मन्त्री कार्कीसहित एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईलगायत सिंगो टिम लागि परेको थियो निर्वाचनको दिनपनि दिनभर कार्की निर्वाचनस्थलमा बसेर भोट मागिरहेका थिए

यता समृद्ध वन समूहका उम्मेदवारलाई जिताउन नवीन भट्टराईको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाइएको थियो

वन समूहको निर्वाचनमा राष्ट्रिय गठबन्धनलाई तोड्दै नेपाली कांग्रेस समृद्ध समूहमा आबद्ध भएको थियो सो वन ५९३. वर्ग हेक्टर क्षेत्रमा फैलिएको

सम्बन्धित समाचार