सरकारको काम सन्तोषजनक नहुँदा जनतामा असन्तुष्टि बढ्यो : विश्वप्रकाश
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको काम सन्तोषजनक हुन नसक्दा गणतन्त्रप्रति जनताको असन्तुष्टि बढेको बताए । नेपालगञ्जमा आज भएको नेपाली कांग्रेस बाँकेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले त्यस्तो धारणा राखेका हुन् ।
सरकारको काम सन्तोषजनक हुन नसक्दा जनतामा गणतन्त्रप्रति असन्तुष्टि बढेको बताएका शर्माले प्रधानमन्त्रीलाई सार्वजनिक अपिल गरे, ‘प्रधानमन्त्रीज्यू, सरकारको गति बढाउन र सरकारको प्रदर्शन सुधार्न तर्फ लाग्नुस् । सडक प्रदर्शन हामी दलहरूले गरौंला । प्रधानमन्त्रीज्यूले सरकारको काम गर्ने क्षमताको दोब्बर प्रदर्शन बढाउनुस्, तब गणतन्त्रप्रति जनताको समर्थन दोब्बर बढ्नेछ ।’
शर्माले सार्वजनिक कार्यक्रमहरूमा बढी व्यस्त भएकोमा प्रधानमन्त्रीको आलोचना गरेका छन् ।
सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सरकारको गति बढाउन र सरकारको प्रदर्शन सुधार गर्नतर्फ लाग्न आग्रह गरेका छन् । ‘खासगरी प्रधानमन्त्रीले सडकको प्रदर्शनमा होइन, सरकारको प्रदर्शनमा ध्यानकेन्द्रित गर्न जरुरी छ,’ उनले भने, ‘आज दिनभर प्रधानमन्त्रीज्यूको समय शिक्षक आन्दोलनको हल खोज्नकेन्द्रित हुनुपथ्र्यो । तर, प्रधानमन्त्रीज्यू त्यतातिर होइन सडकतिर लाग्नु भो ।’